
गोरखा दरवार र मनकामना मन्दिरमा जमरा राखियो
गोरखा दरवारस्थित कालिका मन्दिरको दसै घरमा जमरा राखिएको छ । घटस्थापनाको दिन आइतवार बिहान ११ बजेर २९ मिनेटको उत्तम साइतमा जौ को जमरा राखिएको दरवारका मुल पुजारी शारदाप्रसाद भट्टराईले बताए ।
सँँगै गोरखनाथ मन्दिरमा पनि जमरा राखिएको उनले जानकारी दिए ।
झिसमिसेमै भगवती सार्ने प्रचलन अनुसार नवरात्रको पहिलो दिन आइतवार बिहान ५ बजेर १५ मिनेटमा भगवतीलाई कैलाश कोठाबाट दसैघर (गर्भगृह) मा सारिएको छ । नवरात्रभर गोरखा दरवारमा बिशेष पुजाआजा हुने गर्छ । त्यस्तै १६ राँगा, १० भेडा, ३६ बोका, ५ सुंगुर र ८ कुखुराको बली समेत दिइने भट्टराईले बताए ।
गोरखा दरवारसँगै मनकामना मन्दिरमा पनि विधिवत रुपमा जमरा राखिएको छ ।




