| बुधबार, कार्तिक २५, २०८३

बोक्सी आरोप लगाउनेबिरुद्ध मुद्दा दर्ता

शहिदलखन गाउँपालिका–६ घैरुङकी एक महिलामाथि बोक्सी आरोप लगाई अपमान र बेइज्जत गरेको भन्दै एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

अरुलाई बोक्सीको आरोप लगाई दुव्र्यबहार गर्ने सोही ठाउँकी चमेली भन्ने बिपना श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत भदौ २९ गते मध्यान्ह बाह्र बजेको समयमा आफूमाथि बोक्सीको आरोप लगाई अपमान र बेइज्जत गरेको भन्दै पीडित महिलाले प्रहरीमा जायरी दिएकी थिइन् ।

जाहेरीको आधारमा वुधवार विपनालाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए । उनी बिरुद्ध बोक्सी आरोप शीर्षकमा मु्द्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्