
कीर्तिमानी कामीरिता शेर्पा मनास्लु हिमाल आरोहणको तयारीमा
२८ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरिसकेका कामी रीता शेर्पा मनास्लु हिमाल आरोहण गर्ने तयारीमा छन् ।
यस बर्षको शरद ऋतुमा हिमाल आरोहण गर्ने उनको तयारी छ ।
यस सिजनमा उनीसहित तीन सयभन्दा बढीले मनास्लु हिमाल आरोहणको अनुमति लिइसकेका छन् ।
शेर्पा यसअघि अफ्रिकाकै सबैभन्दा ठूलो हिमाल किलिमन्जारो आरोहण गरिसकेका छन् ।




