
गोरखामा महायोगी गोरखनाथ र गोरखा सम्बन्धी विचार गोष्ठी हुने
जिल्लामा महायोगी गोरखनाथ र गोरखा सम्बन्धी ऐतिहासिक विचार गोष्ठी हुने भएको छ ।
श्री श्री गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्र गोरखाको आयोजनामा यही असोज १३ गते गोष्ठी हुन लागेको हो ।
मंगलवार पत्रकार सम्मेलन गरी केन्द्रले सो कुराको जानकारी गराएको हो । महायोगी गोरखनाथको उत्पति थलो गोरखा हो भन्ने कुराको पहिचान गराउँदै जिल्लालाई धार्मिक पर्यटन क्षेत्रको रुपमा बिकास गराउने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको केन्द्रका अध्यक्ष नवराज बस्नेतले बताए ।
उनका अनुसार कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङ मुख्य वक्ता रहने छन् । अन्य वक्ताहरुमा योगी बलभद्रनाथ, हरिप्रसाद सोडारी, निखिल उप्रेती, पशुपति अधिकारी रहने बस्नेतले बताए । गोरखा हठयोग र पतञ्जली योगको सुरुवात भएको ठाउँ हो भनी प्रमाणित गर्ने उद्देश्य समेत रहेको केन्द्रका सल्लाहकार नारायण दानीले बताए ।




