| बुधबार, कार्तिक २५, २०८३

नेकपा एस गोरखाको इन्चार्जमा भण्डारी, सहइन्चार्जमा बस्नेत

नेकपा एकीकृत समाजवादी पार्टीले जिल्ला तहदेखि प्रदेशसम्मको इन्चार्ज र सहइन्चार्ज तोकेको छ । भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।

जस अन्तरगत गोरखा जिल्लामा पार्टीका केन्द्रिय कमिटी सदस्य जुद्धविलास भण्डारीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ । सँगै उनले गोरखा निर्वाचन क्षेत्र नं १ को इन्चार्जको जिम्मेवारी पनि पाएका छन् । पार्टीका केन्द्रिय कमिटी सदस्य सानुमाया बस्नेतलाई जिल्ला सहइन्चार्ज जिम्मेवारी दिइएको छ । गोरखा निर्वाचन क्षेत्र नम्वर २ को इन्चार्जको जिम्मेवारी पनि उनले पाएकी छन् । केन्द्रिय सचिवालयको ६६ औँ बैठकले यस पटक संघिय निर्वाचन क्षेत्रसम्म केन्द्रिय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको हो ।

गण्डकी प्रदेशको इन्चार्जमा पार्टीका स्थायी केन्द्रिय कमिटी सदस्य तुल बहादुर गरुङ रहेका छन् भने सहइन्चार्जमा पार्टीका स्थायी केन्द्रिय कमिटी सदस्य शारदा सुवेदी छन् । प्रदेशको अध्यक्षमा स्थायी कमिटी सदस्य रामजी शर्मा, उपाध्यक्षमा पोलिटब्युरो सदस्य श्रीनाथ बराल, प्रेम नारायण पौडेल, सचिवमा पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ चयन भएका छन् । अध्यक्ष नेपालले पार्टीको कामको नेतृत्व गर्ने र महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामको अनुगमन र मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्