
५७ औं साक्षरता दिवसको अवसरमा रोटरीको प्रभातफेरि
५७ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गोरखामा प्रभातफेरि आयोजना गरिएको छ । रोटरी क्लव अफ गोरखा, रोट्रयाक्ट क्लव अफ गोरखा र इन्ट्र्याक्ट क्लव अफ वल्डक्यापिटलले संयुक्त रुपमा प्रभातफेरि आयोजना गरेको हो ।
हरेक बर्षको सेप्टेम्बर आठका दिन मनाइने अन्तर्राष्ट्रिय साक्षरता दिवस सन् १९६६ देखि मनाइँदै आएको हो । गोरखा नगरपालिका ८ प्रतीक्षालयचोकदेखि बसपार्कसम्म प्रभातफेरि आयोजना गरिएको थियो । अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२३ को नारा दीगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवद्र्धन’ रहेको छ ।
रोटरी क्लव अफ गोरखाका अध्यक्ष ज्ञानहरि अर्यालको अध्यक्षतामा आयोजना गरिएको प्रभातफेरिको समापन कार्यक्रममा गोरखा नगरपालिकाका शिक्षा शाखाका खड्गबहादुर राना मगरले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।




