
नक्कली नोट एक लाखसहित धारापानीका थापा पक्राउ
एक लाख नक्कली नोटसहित गोरखाका एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका– ७ धारापानी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुंगा बस्ने गौरव थापा रहेको प्रहरीले जनाएको छ ।
३८ बर्षिय थापालाई मंगलवार पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।
उनका अनुसार थापाको साथबाट एक हजारको सय वटा नक्कली नोट र दुई थान मोवाइल समेत बरामद गरिएको छ । पक्राउ परेका थापालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौ पठाइएको बताइएको छ ।




