
चोरी मुद्दाका आँबुखैरेनीका फरार अभियुक्त जेल चलान
१० बर्षअघि चोरी मुद्दामा ५४ दिन जेल सजायँ र ५० हजार रुपैयाँ जरिबाना फैसला भएका रञ्जित पन्तलाई आँबुखैरेनी प्रहरीले पक्राउ गरेको छ ।
आँबुखैरेनी गाउँपालिका १, का २९ बर्षका पन्तलाई उनकै घरबाट पक्राउ गरिएको इप्रका आँबुखैरेनीले जानकारी दिएको छ ।
उनलाई जिल्ला अदालत तनहूँको आदेशमा बिहिबार जिल्ला कारागार तनहूँ पठाइएको प्रहरले जनाएको छ ।
चोरी मुद्दामा उनलाई २०७१ माघ २६ गते एक महिना २४ दिन कैद सजायँ र ५० हजार ८५० रुपैयाँ जरिबाना गरिएको थियो ।




