| बुधबार, कार्तिक २५, २०८३

मनास्लु चढ्न लागेकी नानुमायालाई तमु प्ये ल्हु संघद्वारा सम्मान

विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेकी गोरखा धार्चे गाउँपालिका ५ माछीखोलाकी नानुमाया गुरुङलाई तमु प्ये ल्हु संघ पोखराले सम्मान गरेको छ । तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिले मंगलबार एक कार्यक्रमको आयोजना गरी गुरुङलाई सम्मान गरेको हो ।

आरोही गुरुङले सन २०१७ मे महिनामा संसारकै अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । त्यसलगत्तै सन २०१७ अक्टोबर महिनामा मनासलु हिमाल आरोहण गरेकी थिइन् । उनी दोस्रो पटक मनास्लु हिमाल आरोहणको तयारीमा रहेको र महिला समितिले उनलाई हिमाल आरोहण यात्राको सफलताका शुभकामना दिएको छ ।

यही सेप्टेम्बर महिनाको ११ तारिखमा पुनः मनासलु चड्ने र तमु प्ये ल्हु संघको झन्डा फहराउने आफ्नो इच्छा रहेको उनले बताइन् । उनलाई तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिले केही नगदसहित बधाई, सम्मान गरेको छ ।

कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमु, केन्द्रीय महिला समितिका अध्यक्ष बुद्धिमाया लेम तमु, निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक पुष्पा तेंल्स्यो तमु, जिल्ला कार्यसमिति कास्कीका सहकोषाध्यक्ष हिमबहादुर गरम्जा तमु, द ओमन्स क्लब अफ पोखराका अध्यक्ष सारिका म्होब्जे तमु लगायत तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिका पदाधिकारीहरुले सगरमाथा आरोही नानू माया कोने तमुलाई मनास्लु हिमाल सफल आरोहणका लागि शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्