| बुधबार, कार्तिक २५, २०८३

नेपाल सितोरियो कराँते संघको प्रदेश कमिटी उपाध्यक्षमा गोरखाका वुद्ध लामा

नेपाल कराँते महासंघअन्तर्गत रहेको नेपाल सितोरीयो कराँते संघ गण्डकी प्रदेशको तृतीय उपाध्यक्षमा गोरखाका वुद्ध लामा चयन भएका छन् ।

तनहुँको दमौलीमा शनिबार सम्पन्न भएको संघको प्रदेशस्तरीय प्रथम अधिवेशनबाट गोरखाका लामा तृतीय उपाध्यक्षमा र विजय आले सदस्यमा चयन भएका हुन् ।

संघ गण्डकी प्रदेशको अध्यक्षमा धन लामा, वरिष्ठ उपाध्यक्षमा कर्णबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा छबिलाल गाहा र सचिवमा कृष्णप्रसाद कंडेल चयन भएका छन् ।

संघको सदस्यहरुमा निर्मल थापा, मनोज गुरुङ, नबिना थापा, सुरेन्द्र ब. गौतम, प्रेम श्रेष्ठ, प्रसाद पुलामी, देवीराम गुरुङ, पायल श्रेष्ठ, प्रेमबहादुर जि.सी, राजकुमार कुमाल, ओम आले र शुलभ श्रेष्ठ चयन भएका छन् ।

स्वास्थ्य को लागि खेलकुद राष्ट्रका लागि खेलकुद मुल नारा का साथ गण्डकी प्रदेश अधिवेशन शनिबार सम्पन्न भएको हो ।

नेपाल कराँते महासंघ का महासचिब तथा नेपाल सितोरियो कराते संघकाका अध्यक्ष्य दाबा गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका अधिकृत बिष्णुलाल श्रेष्ठ, गण्डकी प्रदेश रेफ्री कमिटी संयोजक सुरेन्द्र कुमार गुरुङ, गोर्खा जिल्ला कराते प्रमुख घ्यान्झो लामा, गण्डकी प्रदेश कराते महासंघ अध्यक्ष मनिराज थापा लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्