| बुधबार, कार्तिक २५, २०८३

गोरखा बजारमा भेटिएको बम डिस्पोज,

गोरखा बजारको कट्टेलचोकमा भेटिएको कुकर बमजस्तै देखिने शंकास्पद बस्तु निस्कृय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले मुख्य सडकको बीचमा राखेको बम बिहान पौने आठ बजेट निस्कृय पारेको हो ।


बम डिस्पोज गरेसंग बिहान पाँचबजेदेखि अबरुद्ध रहेको गोरखा आँबुखैरेनी सडक सुचारु भएको छ ।


शंकास्पद बस्तुसंगै हँसिया हथौडा अंकित झण्डा पनि छाडिएको छ ।


एमसीसी कार्यान्वयनको बिरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादीले शनिबार नेपाल बन्दको आयोजनाको घोषणा गरेको थियो ।

यसअघि नेकपा(माओवादी)ले एमसीसी कार्यान्वयन गरेको बिरोधमा शनिबार नेपाल बन्दको आव्हान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्