
अपाङ्गता भएका १५ जनालाई खाद्यान्न वितरण
गोरखा नगरपालिकाभित्रका अपाङ्गता भएका १५ जनालाई खाद्यान्न सामग्री वितरण गरिएको छ । । गोरखा नेत्रहीन संघको समन्वय र अपाङ्गता सरोकार केन्द्र काठमाडौँको सहयोगमा विहिबार खाद्यान्न वितरण गरिएको हो ।
अपाङ्गता तथा आर्थिक अवस्था कमजोर भएका १५ जनालाई खाद्यान्न सामग्री वितरण गरिएको कार्यक्रम संयोजक पवनकुमार बस्नेतले बताए । उनीहरुलाई नुन, तेल, चिउरा, सोयबिन लगायतका दैनिक उपभोग्य खाद्यान्न सामाग्री वितरण गरिएको उनले जानकारी दिए ।
अपाङ्गता भएका व्यक्तिहरुलाई दैनिक उपभोग्य खाद्यान्न सामग्रीमा केही सहज होस भन्ने उद्देश्यले उक्त खाद्यान्न सामग्री वितरण गरिएको उनको भनाइ छ ।
कार्यक्रममा अपाङ्गता सरोकार केन्द्र काठमाडौका अध्यक्ष तेजेन्द्र गिरी, केन्द्रका कोषध्यक्ष विक्रम विक र कार्यक्रम संयोजक पवनकुमार बस्नेत लगायको उपस्थिति रहेको थियो । यसअघि सोहि संस्थाले ४० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री पनि वितरण गरेको थियो ।




