| बुधबार, कार्तिक २५, २०८३

क्वार्ज कृष्टल गोरखामै राख्न सफल भएकामा धार्मिक नेताद्वारा बधाइ

धादिङको नृसिँहधामका पिठाधीश श्रीपाद श्रीवास कृष्णदास ब्रह्माचारीले गोरखामा भेटिएको रत्नपत्थर(क्वार्ज कृष्टल) गोरखामै राख्न सफल भएकामा गोरखाबासीलाई बधाइ दिएका छन् ।

मंगलबार जिल्ला प्रहरी कार्यालयमा रहेको सो क्वार्ज कृष्टलको अवलोकन गरेपछि उनले यसलाई गोरखामै राख्न पहल गर्ने गोरखा नगरपालिका, राजनीतिक दलका नेताहरु, स्थानीय प्रशासन तथा प्रहरी, सामाजिक तथा धार्मिक संघसंस्थालाई धन्यवाद पनि दिएका छन् ।

उनका अनुसार सो रत्नपत्थरको धार्मिक महत्व पनि धेरै रहेको छ । गोरखनाथको बास रहेको यहाँ यस्ता पत्थर अझै धेरै रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्