
धार्चेमा खोलाले बाटो बगाउँदा आउजाउमा समस्या
शनिबार रातीको बर्षासँगै आएको बाढीले धार्चे गाउँपालिका–३ दुङला र उहिया जोड्ने यासु खोलमाथिको मूल बाटो बगाएको छ ।
आउजाउका लागी खोलामाथि बिछ्याइएको ढुंगा र सिढि बाटो बगाएको स्थानीय सुर्य बहादुर गुरुङले बताए । दैनिक रुपमा आउजाउ गर्ने मुल बाटो बगाएसँगै आउजाउमा समस्या भएको उनले जानकारी दिए ।
‘उहियादेखि सिर्दिबास जाने मुल बाटो पनि यहि हो, पार्वती आधारभुत विद्यालयका विद्यार्थीहरु पनि यहि बाटो भएर आउजाउ गर्छन्,’ उनले भने, ‘बाटो नै बगाएपछि आउजाउ ठप्प छ ।’
खोलामाथिको बाटो बगाएपछि खोलाको तल्लो भाग हुदै करिव ढेड घण्टा घुमाइरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता भएको उनले जानकारी दिए ।




