
चुमनुब्री गाउँपालिकामा सीसाजन्य सामग्री प्रयोग गर्न प्रतिबन्ध
उत्तरी गोरखाको चमुनुब्री गाउँपालिकाले सिसाजन्य सामग्री प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
साउन ३१ गते सूचना जारी गदै पालिकाले भदौ मसान्तभित्र पालिकालाई सिसाजन्य सामग्रीको प्रयोगमा पूर्ण रुपमा प्रतिवन्ध लगाउने जनाएको हो ।
उक्त अवधिभित्र सिसाजन्य सामग्रीको वैकल्पिक प्रयोगको व्यवस्था गर्न पालिकाले सबै उद्योगी, व्यापारी, व्यवसायी तथा आम सर्वसाधारणमा समयसीमा दिएको छ । पालिकालाई सिसामुक्त बनाई सफा र सुन्दर गाउँपालिका निर्माणको महान अभियानमा सहयोग पु¥याउन गाउँपालिका अध्यक्ष निमा लामाले आग्रह समेत गरेका छन् ।
यसअघि सो गाउँपालिकाको गाउँसभाले चुमनुब्रीलाई सीसामुक्त बनाउने निर्णय गरेको थियो ।
चुमनुब्री गाउँपालिकामा मनास्लु आरोहण, लार्केपास, चुम तथा नुब्री उपत्यका भ्रमणका लागि विदेशी पर्यटक प्रसस्त आउने गर्छन् । सीसामुक्त गाउँपालिकाको सन्देशले पर्यटक समेत बढ्नेमा विश्वास गरिएको छ ।




