| बुधबार, कार्तिक २५, २०८३

मनकामना केवलकारको दृश्यमा पारेर राखिएका होडिङ बोर्ड हटाउन सुरु

मनकामना केवलकारको दृश्यमा पारेर बिज्ञापन एजेन्सीहरुले अवैध रुपमा राखेका होडिङ बोर्डहरु हटाउन थालिएको छ । वन ऐन र नियमावली विपरित शहिद लखन गाउँपालिका–३ स्थित शिखर सामुदायिक वन क्षेत्रमा राखिएका बोर्डहरु हटाउन थालिएको हो ।

ऐन विपरित शिखर सामुदायिक वनले बर्षाैदेखि वन क्षेत्रमा व्यवसायिक उत्पादनको होडिङ बोर्ड राख्न अनुमति दिदै आएको थियो । कुरिनटारस्थित केवलकारको चेरेसभन्दा पारि गोरखा तर्फको झण्डै एक रोपनी वन क्षेत्र फडाँनी गरेर सिटिजन बैंक, फोन पे र होङशी सिमेन्टका बिज्ञापनका होडिङ बोर्डहरु राखिएका छन् ।

सिटिजन बैंक, फोन पे र होङ्शी सिमेन्टका बिज्ञापन बोर्ड राखिएका छन् । नियम विपरित सामुदायिक वनले सम्झौत गरेर सिटिजनसँग बार्षिक ९० हजार, होङ्शी सिमेन्टसँग १ लाख २५ हजार फोन पेसँग बार्षिक ७५ हजारका दरले रकम लिदै आएको छ ।

ऐन विपरित राखिएका होडिङ बोर्ड हटाउन भन्दै जिल्लाको सर्वपक्षिक बैठकले ३५ दिने सूचना जारी गरेसँगै बिज्ञापन एजेन्सीहरुले बोर्ड हटाउन थालेका हुन् । हाल सिटिजन बैंकले बोर्ड हटाइसकेको शिखर सामुदायिक वनका अध्यक्ष होमप्रसाद जोशीले बताए । अन्य बिज्ञापन एजेन्सीले पनि ३५ दिनभित्र बोर्ड हटाउने बताएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्