
शिक्षा र सामाजिक विकास कार्यालय वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
शिक्षा विकास तथा समन्वय इकाइ गोरखा र सामाजिक विकास कार्यालय गोरखाको वार्षिक समिक्षा कार्यक्रम तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार दुई कार्यालयको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
सामाजिक विकास कार्यालयले गत आर्थिक वर्षमा भौतिक र आर्थिक प्रगति गरी समग्रमा ९० भन्दा बढी प्रगति हासिल गरेको जनाएको छ । गत वर्ष कार्यालयमा चालु र पुजिगत गरी १ सय १४ वटा कार्यक्रम प्राप्त भएका मध्य एक सय ६ वटा कार्यक्रम मात्र सम्पन्न भएको कार्यालय प्रमुख दिपेन्द्र परियारले बताए । भौतिक संरचना निर्माण तर्फ आठ वटा कार्यक्रम संचालन गर्न नसकिएको उनले बताए । उपभोक्ता समितिले जग्गा प्राप्त गर्न नसक्दा कार्यक्रम संचालन गर्न नसकिएको उनको भनाइ छ ।
सामाजिक विकास कार्यालयको आर्थिक वर्ष २०८०÷०८१ मा चालु तर्फ २७ वटा र पुजीगत तर्फ ९४ वटा कार्यक्रम संचालन हुने भएको छ । खेलकुद, शिक्षा, भाषा संस्कृति पुरातत्व र सामाजिक विकास तर्फ गरी चार भागमा कार्यक्रममा विभाजन गरिएको उनले बताए । सो कार्यक्रम संचालनका लागि कार्यालयमा चालु र पुजीगत तर्फ गरी कुल आठ करोड ३० लाख रकम प्राप्त भएको उनले बताए ।
त्यस्तै, कार्यालयले तीन वटा कार्यक्रमलाई गोरखा मोडलका रुपमा संचालन गर्ने लक्ष्य लिएको छ । लँैगिक हिंसा विरुद्धको १६ दिने अभियान, किशोरीहरुको आत्मारक्षा तालिम र अपाङता भएका व्यक्तिहरुको पुनस्थापना तालिम कार्यक्रमलाई गोरखा मोडलका रुपमा संचालन गरिने कार्यालय प्रमुख परियारले जानकारी दिए ।
त्यस्तै, शिक्षा विकास तथा समन्वय इकाइ गोरखाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कार्यालयले जिल्लाको शैक्षिक तथ्यांक सार्वजनिक, गत वर्षको प्रगतिको समिक्षा, यो वर्ष संचालन हुने कार्यक्रम र महिला शिक्षामा देखिएको चुनौती र समाधानका उपायहरुको बारेमा प्रस्तुतीकरण दिएका थिए ।
कार्यालय प्रमुख सुवास अचार्यका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्लाको सामुदायि विद्यालयसँगै समग्र जिल्लाको शैक्षिक अवस्थाका बारेमा जानकारी दिएका थिए । त्यस्तै, कार्यालयमा गत वर्ष बजेट रोक्का भएका कारण धेरै कार्यक्रमहरु संचालन गर्न नसकिएको बताए ।
चालु आर्थिक वर्षमा स्थानीय तहको शिक्षा शाखा तालिम, क्षमता विकास सम्बन्धी तालिम, विद्यालय क्षेत्र विकास कार्यक्रम, नयाँ पाठ्यक्रमको प्रभूति सम्बन्धी लगायतका कार्यक्रम संचालन हुने उनले बताए । कार्याक्रम विभिन्न तालिम संचालनका लागि नियमित कार्यक्रम अन्तरगत यो वर्ष एक करोड ३२ लाख प्राप्त भएको उनले जानकारी दिए ।
वार्षिक समिक्षा कार्यक्रममा सहभागिहरुले अहिले विद्यालयहरुमा बालबालिकाहरु कम हुदै गएको र विद्यार्थीहरु गाउँबाट सहर तर्पm झर्ने क्रम बढ्दै गएकाले उनीहरुलाई रोक्न शैक्षिक योजना बनाएर लागु गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापामथरले समग्र जिल्लाको शैक्षिक अवस्था सुधार गर्नका लागि जिल्लाका सबै पालिका प्रमुखहरु बीच छलफल गर्न आवश्यक रहेको र त्यसका लागि समन्वय गर्ने बताए ।
शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका प्रमुख सुवास आचार्यको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानामगर, विभिन्न शिक्षा सम्बन्धी संघसंस्थाका प्रमुखहरु, बालअधिकार समितिका अध्यक्ष, उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता समितिका अध्यक्ष तथा सदस्यहरु र पत्रकार महासंघ गोरखाका उपाध्यक्ष लगायतका सरकारी तथा गैरससकारी संघसंस्था आबद्ध भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।




