| बुधबार, कार्तिक २५, २०८३

गृहनगरमा भोट अपिल गर्दै स्वस्तिक अर्याल

नेपालकै सबैभन्दा महंगो भनेर चिनिएको ‘मेरो डान्स युनिभर्स’को फाइनलिस्ट स्वस्तिक अर्याललाई गृहजिल्ला गोरखामा भव्य स्वागत गरिएको छ । मंगलबार गृहनगर आएका गोरखा नगरपालिका १० विरेन्चोकका अर्याललाई जिल्लाका विभिन्न संघसस्था, स्थानीय र जिल्लाबासीले भव्य स्वागत गरेका हुन् ।

मंगलबार उनलाई लायन्स क्लव र लियो क्लवका साथै विरेन्चोकका स्थानीयहरुले बाजागाजा सहित फुलमालाले स्वागत गरेका थिए । त्यस्तै, गोनपा १३ स्थित लियो सचिवालय, सेन्ट जोसेफ स्कुल, छेवेटारको तारामावि, द्रव्यशाह बहुमुखी क्याम्पस, द ओल्ड क्यापिटल स्कूलमासमेत शिक्षक र विद्यार्थीहरुले स्वागत गरेका थिए । सो अवसरमा अर्यालले भोटको अपिल गरेका थिए ।

गोरखाको प्रतिनिधित्व गर्दै ‘मेरो डान्स युनिभर्समा सहभागी जनाएका अर्यालले जिल्लासँग सम्बन्धित विभिन्न नृत्यहरु पनि प्रस्तुत गरेका थिए । उनले नेपाल एकीकरणका नायक राजा पृथ्वीनारायण शाहदेखि २०७२ सालमा गएकोे भूकम्पको विषयबस्तुलाई रियालिटी शोमा प्रस्तुत गरेका थिए । पप्पिङ स्टालकासँगै हिपप्, मोर्डन स्टाइलको डान्समा दख्खल राख्ने उनी पहिलो पटकको सहभागितामै फाइनमा पुगेका हुन् ।

नेपालको हाल सम्मको सर्वाधिक धेरै धनराशीको पुरस्कार घोषणा गरेको भनिएको मेरो डान्स युनिभर्सको फाइनलमा विजेताले एक करोड रुपैया प्राप्त गर्नेछन् ।

नृत्य क्षेत्रमा भविष्य खोज्दै नेपालमै केही गर्ने योजना बनाइरहेका उनी यो प्रतियोगितामा विजयी भएमा त्यहाँबाट पाएको रकमले नेपाली नृत्यको क्षेत्रमा लगानी गर्ने उनको सोच छ ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजना गरेको ‘मेरो डान्स युनिभर्सकमा फाइनल आगामि भदौ २ गते हुदैछ । त्यसका लागि भोट अपिल गर्न गृहजिल्ला आएका अर्यालले जितका लागि देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा आमाबुवाहरुले धेरै भन्दा धेरै भोट गरी सक्दो सहयोग गरिदिनु अनुरोध गरेका थिए । साउन २७ गते शनिबार बेलुकादेखि भदौ २ गते शनिबारसम्म भोटिङ खुल्ला हुने भएकाले आफुलाई भोट गरिदिन उनको अनुराधे छ ।

स्वस्तीकलाई भोट गर्न ‘माइ इन्ट्रा’ एप डाउनलोड गरेर ‘मेरो डान्स युनिभर्स’मा गइ स्वस्तिकको तस्विरमा क्लीक गरेर भोट गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्