| बुधबार, कार्तिक २५, २०८३

आरुघाटमा पालिका स्तरीय बाल सञ्जाल गठन

आरुघाट गाँउपालिकामा पालिका स्तरीय बालसञ्जाल गठन भएको छ । शनिवार भएको बाल भेलाले नम्रता दाहालको अध्यक्षतामा १५ सदस्यिय सञ्जाल गठन गरेको हो । जसको उपाध्यक्षमा रश्मि गुरुङ, सचिव स्मृतिमा काप्री, सहसचिवमा रञ्जना सुर्खेती, कोषाध्यक्षमा मानव थापा मगर, जिल्ला प्रतिनिधिमा एलिज अली र उलिशा श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा एलिसा आले मगर, सुस्मिता परियार, सुप्रिम श्रेष्ठ, संभ्रान्त खड्का, सर्मिला घले र कान्छा गुरुङ रहेका छन् । बाँकी दुई सदस्य भने नवगठित कार्यसमितीले मनेनित गर्ने बताइएको छ ।

पालिका भित्र रहेका १३ बालक्लवका प्रतिनिधि, बालक्लव संयोजक शिक्षकहरु साथै विद्यालयका प्रधानाध्यापक, प्रहरी कार्यालय प्रतिनिधि लागायतको उपस्थिति रहेको पालिका स्तरीय बालसञ्जाल गठन गरिएको हो । भेलालाई पालिकाका सामाजिक शाखा प्रमुख लिला श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखाका यज्ञ प्रशाद कडेल र पद्धति विकास सेवा केन्द्रका शिक्षा तथा संरक्षण अधिकृत भुपेन्द्र पोखरेलले सहजिकरण गरेका थिए ।

आरुघाट गाँउपालिकाका उपाध्यक्ष कल्पना नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष राज गुरुङ, सामाजिक शाखा प्रमुख लिला श्रेष्ठ, गुड नेवर्स इन्टरनेशनलका प्रतिनिधि, शिक्षक एवं सहभागी वालक्लवका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । आरुघाट गाँउपालिकाको आयोजना, गुड नेवर्स इन्टरनेशनल र पद्धति विकास सेवा केन्द्र गोरखाको साझेदारी र भिमोदय बालक्लवको व्यवस्थापनमा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्