
अपाङ्गता भएका दाजुबहिनीले घरमै पाए नागरिकता
गोरखा नगरपालिका–१० छेवेटारका अपाङ्गता भएका दाजु बहिनीले घरमै नागरिकता पाएका छन् ।
जन्मजात अपाङ्गता भएका २४ वर्षीय विप्लब धिताल र १९ वर्षीया बन्दता धिताललाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बताए ।
बिहीवार सहायक प्रजिअ रानासहित शाखा अधिकृत नारायण प्रसाद सुवेदी, सुवास पौडेल र वडाध्यक्ष प्रदिप कुवँर उनीहरुको घर पुगेका थिए ।
नागरिकताका लागी प्रशासन कार्यालय आउन सक्ने अवस्था नभएकाले घरमै पुगेर उनीहरुलाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।




