| बुधबार, कार्तिक २५, २०८३

वेटरको काम लगाइदिने भन्दै यौन कार्यमा लगाएको आरोपमा गोरखाकी एक महिला पक्राउ

होटलमा वेटरको काम लगाइदिने प्रलोभनमा पारेर जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा पालुङटार घर भई हाल पोखरा बस्ने ६० वर्षीय पार्वती काराखेती रहेकी छन् ।

काराखेतीमाथि साउन ६ गते सिर्जनाचोकस्थित एक होटलमा काम लगाइदिने प्रलोभनमा पारेर यौनजन्य कार्यमा लगाएको आरोप छ ।

उनलाई वडा प्रहरी कार्यालय बैदामले साउन १९ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

काराखेतीलाई जिल्ला अदालतबाट मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा ५ दिन म्याद थपरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी विकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्