| बुधबार, कार्तिक २५, २०८३

युथफोर्स धार्चेका अध्यक्ष प्रेम गुरुङ कांग्रेसमा प्रवेश

नेकपा एमालेको भातृ संस्था युथफोर्सका धार्चे गाउँ कमिटीका अध्यक्ष प्रेम गुरुङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

धार्चे ५ गुम्दाका गुरुङलाई शनिबार कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले सदस्यता प्रदान गरेका हुन् ।

बिगत केही समयदेखि एमाले र भातृसंस्था युथफोर्सप्रति असन्तुष्ट रहेका उनी शनिबार विधिवत रुपमा कांग्रेस पार्टीको सदस्यता ग्रहण गरेका सो वडाका कांग्रेसका नेता तुलबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्