| बुधबार, कार्तिक २५, २०८३

वृहत दरौँदी लिफ्टिङ खानेपानी आयोजना अनाधिकृत रुपमा सञ्चालन भएको साना सहरीको आरोप

गोरखा नगरपालिका वडा नं. १ देखि ८ सम्मका गाउँटोलमा सञ्चालनमा रहेका २१ वटा खानेपानी उपभोक्ता समितिहरु संवद्ध वृहत दरौँदी लिफ्टिङ खानेपानी आयोजना अनाधिकृत रुपमा सञ्चालन भएको पृथ्वीनारायण सानासहरी खानेपानी तथा उपभोक्ता संस्थाको नेतृत्वमा भएको भेलाले उक्त आरोप लगाएको छ ।

सञ्चालन भएको यत्तिका समयसम्म पानी वितरण पनि नगरेको, समिति गठन भएको लामो समयसम्म साधारण सभा पनि नगरेको, मोटर बिग्रिएको बहानामा निस्कृय भई बसेको र आफ्नो आयोजनाको पानी अरुले उपभोग नगरेको मिथ्या आरोप लगाई पानी माथिको ओभानो रहेको साना सहरीको आरोप छ । शुक्रबार बिज्ञप्ति जारी गरी साना सहरी आयोजनाले २१ वटा समिति सम्मिलित सो समितिले एक पटक पनि बैठक नबसेको, छलफल पनि नभएको, साधारसभा पनि नगरेको, अनेक टिकडम, छलछाम, चालबाजी मात्र गरेको आरोप लगाएको छ ।

सो आयोजनासंग बारम्बार पानी माग गर्दा फिडर संस्थाहरूलाई पानी उपलब्ध नगराएको, पानीको वैज्ञानिक मूल्य निर्धारण नभएको आरोप साना सहरीले लगाएको छ । फिडर उपभोक्ता संस्थाहरु र दरौदी खानेपानी आयोजना बीच जुँगाको लडाई छ भन्ने भ्रम आम उपभोक्ताहरु माझ फैलाएर दरौदी खानेपानी आयोजना पानी माथिको ओभानो बन्न खोजेको आरोप लगाउँदै यो सरासर गलत, तथ्यहीन र कपोल कल्पित रहेको छ ।

तसर्थ दरौदी आयोजना अवैधानिक र गैरजिम्मेवार दरौदी खानेपानी आयोजना उपभोक्ता समिति ततकाल खारेज गरी विधान सम्मत साधारण सभा गर्न आयोजनाको प्रभावकारिता लगायत समग्र पक्षहरुमा सम्बन्धित निकायको ध्यान जाओस भन्ने माग गरेको छ । अन्यथा नियम संगत ढंगबाट आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्