
एमालेको राष्ट्रिय युवा संघ गोरखा भेला सम्पन्न
नेपाल एमालेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गोरखाको भेला सम्पन्न भएको छ । नेकपा एमालेको आगामी मिसन २०८४ को तयारीका लागि भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङले बताए ।
एमालेको राजनीतिक बिचार नयाँ पुस्तासँग जोड्न र सो अभियानको अगुवाइ राष्ट्रिय युवा संघले गर्ने भएकाले भेला तथा प्रशिक्षण कार्यक्रम राखिएको उनले जानकारी दिए ।
यो मिसनले एमाले बहुमत सहितको पार्टी निर्माण गर्नमा सहयोग पुग्ने अपेक्षा उनको छ ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गोरखाका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षता तथा पार्टी केन्द्रिय पोलिटव्यूरो सदस्य एवं गोरखा इन्चार्ज लिल बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय युवासंघ केन्द्रिय उपाध्यक्ष, नेकपा एमालेका केन्द्रिय सदस्य रामशरण बस्नेत, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिर्टी सदस्य, युवा संघमा आवद्ध पदाधिकारी लगायतका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।




