
लम्पी स्किनबाट गोरखामा ५३४ पशु मरे, करिब १८ सय संक्रमित
लम्पी स्किनका कारण जिल्लामा पाँचसय भन्दा बढी पशुचौपाया मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको तथ्याङ्क अनुसार हालसम्मपाँचसय ३४ वटा पशुचौपाया मरेको छ ।
जिल्लाका स्थानीय तहमध्ये हालसम्म सबैभन्दा धेरै आरुघाटमा १ सय १०, बारपाकसुलिकोटमा ९६ र गण्डकीमा ८५ वटा पशुचौपाया मरेको कार्यालयका निमित्त प्रमुख डा. शर्मिला कुमालले बताइन् । शहिदलखनमा ६७, भिमसेनथापामा ६५, सिरानचोकमा ११, पालुङटारमा ८, गोरखा नगरपालिकामा १७, अजिरकोटमा २१, धार्चेमा ५३ रचुमनुब्रीमा एउटा पशु मरेको उनले जानकारी दिइन् ।
त्यस्तै, हालसम्म १७ हजार नौसय ६१ पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण देखिएको छ । सबैभन्दा धेरै गण्डकी गाउँपालिकामा तीनहजार २९० र आरुघाट गाउँपालिमादुईहजार ७३१ वटा पशुचौपायामासंक्रमण देखिएको कार्यालयले जनाएको छ ।
त्यस्तै बारपाकसुलिकोटमा २ हजार ११६, सहिदलखनमा १ हजार ९२३, सिरानचोकमा १ हजार ८९४ र चुमनुब्रीमा १ हजार ६०५ वटा पशुमा यो रोग देखिएको बताइएको छ । भिमसेनथापामा १ हजार ५०८, अजिरकोटमा १ हजार २९५, पालुङटारमा ३ सय ८१, गोरखा नगरपालिकामा २ सय ६३ र धार्चेमा ९ सय ५६ वटा पशुमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।




