
गोरखामा मापसे गरी प्रहरीमाथि हातपात गर्ने तीन जना बिरुद्ध मुद्धा दर्ता
मादक पदार्थ सेवन गरी प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका–६ घैरुङका सन्तोष गुरुङ, लोक गुरुङ र रुजन श्रेष्ठ रहेका छन् ।
मंगलवार राती एक बजेको समयमा मापसे गरी एक आपसमा झगडा गर्दै हो–हल्ला गरिरहेका उनीहरुलाई प्रहरीले फेला पारी सम्झाइ बुझाइ गर्दा उनीहरुले प्रहरीमाथि नै हातपात गरेका थिए ।
ड्यूटीमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गरी गाली गलौज तथा धाक धम्की समेत दिएका थिए । उनीहरु बिरुद्ध सार्वजनिक शान्ति बिरुद्धको कसुर शिर्षकमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




