
बक्यौता रकमबारे गम्भीर अध्ययन गर्नेछौँ : साना सहरी खानेपानी
पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले केही संघसंस्था र व्यक्तिको नाममा रहेको बक्यौता रकमबारे गहन अध्ययन भइरहेको जनाएको छ ।
मंगलवार प्रेस बिज्ञप्ति जारी गर्दै संस्थाले अध्ययनको प्रतिवेदनको आधारमा सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ ।
गोरखा उद्योग वाणिज्य संघ र चुडानारायण किसानबाबु श्रेष्ठको बाँकी बक्यौताको बारेमा संचालक समितिले गहन अध्ययन गरिरहेको छ,’ बिज्ञप्तीमा भनिएको छ, ‘संस्थाको नियम विपरित पुरानो बाँकी बक्यौता नतिरी नयाँ धारो जडान गर्ने पानी प्रयोग नगर्ने ब्यक्तिको नाम संस्थामा अद्यावधिक गर्ने जस्ता गम्भिर कार्यहरु बिगतको समितिले कसका लागि किन र कसरी गरेको भन्ने बिषयलाई समेत बर्तमान समितिले गम्भिर रुपमा लिएको छ ।’
बिज्ञप्तीमार्फत संस्थाले आयोजनाको बक्यौता रकमबारे संचार माध्यममा आएको समाचार प्रति ध्यानाकर्षण समेत भएको जनाएको छ ।




