| बुधबार, कार्तिक २५, २०८३

प्रादेशिक परियोजना निर्देशन समिति सदस्यमा मेयर राना मनोनित

युवाहरुका लागि गुणस्तरीय प्राविधिक शिक्षा र तालिम परियोजनाको गण्डकी प्रदेशको प्रादेशिक परियोजना निर्देशन समिति सदस्यमा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मनोनित भएका छन् ।

गण्डकी प्रदेशको सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयको साउन ११ गतेको निर्णयले नगर प्रमुखहरुमध्येबाट रानालाई सदस्यमा मनोनित गरिएको हो । उनको अवधी दुई बर्षको हुने गण्डकी प्रदेशको सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । समितिको पहिलो बैठक साउन १९ गते पोखरामा हुने बताइएको छ ।

युवाहरुका लागि गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तालिमको व्यवस्था गरी सुविधाविहीन समूहका युवालाई भर्ना र टिकाउ दर बृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यका लागि नेपाल सरकार र स्वीस सरकार बीच २०७९ साल साउन १८ गते सम्झौता भएको हो ।

सम्झौताको संघीय तहमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद र प्रदेश तहमा सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयले कार्यान्वयन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्