
नेसपाका एक दर्जन बढी युवा कार्यकर्ताद्धारा पार्टी परित्यागको घोषणा
नेतृत्वप्रति असन्तुष्टि जनाउँदै नेपाल समाजवादी पार्टीको एक दर्जनभन्दा बढी युवा कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । शनिबार संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै पार्टीका गण्डकी प्रदेश सदस्य एवं गोरखा नगर अध्यक्ष ज्योति कोइराला, प्रदेश सदस्य रविन अचार्य, केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश उपाध्यक्ष सुजन गर्ताैला, जिल्ला सदस्य मिलन न्यौपाने, जिल्ला सल्लाहकार सदस्य रामहरि खनाल लगायतले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
मूल नेतृत्वको बिचार सहि हुदाँहुदै पनि पटक–पटक पार्टी एकताको रुपमा या अन्य कारणले पार्टीको नाम, चुनाव चिन्ह परिवर्तन हुनु र भिन्न दलसंग गठबन्धन गर्नुले दीर्घकालीन रुपमा जनताले नेतृत्वप्रति नै आशंका र अविश्वास उब्जाएको उनीहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘नेतृत्वले गरेको कमिकमजोरी सुधार गर्नुको सट्टा कार्यकर्तालाई निराशा र नेतृत्वविहिन अवस्थामा पु¥याई केहि स्वार्थ झुन्डहरुले मात्र प्रतिफल लिने र निस्वार्थ क्रियाशील साथिको उपेक्षा गरिएको बिगतका यथार्थलाई आम निर्वाचन र स्ववियू निर्वाचनले महसुस गरायो,’ विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो चरण अन्य पार्टी र हाम्रो बैकल्पिक भन्ने नेसपा पार्टी बिचमा कुनै भिन्नता नहुने स्थिति देखा पर्दै गयो, उही पुरानो प्रवृतिबाट जगडिएको नेतृत्व नै हाबी हुन् थालेपछी जनताको आशा र हामिले सोचेको बैकल्पिक शक्ति निर्माण महाअभियान यात्रा उही पुरानै बाटो तिर फर्किएको अनुभूति भयो ।’
नेतृत्वमा पद र आत्म केन्द्रित मनोभावना बिकशित हुदै जादा त्यसले आम जनता, कार्यकर्ता र शुभचिन्तकको भावनाको कदर गर्न नसक्ने निष्कर्ष सहित पार्टी परित्याकको घोषणा गरेको उनीहरुको भनाइ छ ।






