| बुधबार, कार्तिक २५, २०८३

पत्रकार पूर्णिमा श्रेष्ठले गरिन् केटू हिमालको सफल आरोहण

फोटोपत्रकार पूर्णिमा श्रेष्ठले विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानमा रहेको केटू हिमालको सफल आरोहण गरेकी छन् ।
आरोहणका लागि सबैभन्दा कठिनमध्येको हिमाल केटूको सफल आरोहणसँगै उनले आफूलाई शुभकामना दिने र आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

शिखर चुमिसकेपछि उनले छिट्टै आधार शिविरमा सुरक्षितरुपमा फर्किने अपेक्षा व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले अवतरणबारे पनि अपडेट दिने बताएकी छन् । आठ हजार ६११ मिटर अग्लो केटू हिमाल सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो ।

यसअघि उनले सगरमाथा, मनास्लु, अन्नपूर्ण, धौलागिरी पनि आरोहण गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्