| बुधबार, कार्तिक २५, २०८३

रोटरी क्लव अफ गोरखाको पदस्थापन कार्यक्रम सम्पन्न

रोटरी क्लव अफ गोरखाको २१ औ पद हस्तातरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । वर्ष २०२२÷२३ का अध्यक्ष कृष्ण ढकालले वर्ष २०२३÷०२४ का अध्यक्ष ज्ञानहरि अर्याललाई अध्यक्षको पद हस्तान्तरण गरेका हुन् ।

निवर्तमान रोटरीमा कृष्ण ढकाल, प्रेसिडेन्ट इलेक्टमा विनोदकुमार बस्नेत, प्रिसिडेन्ट नोमिनीमा रामस्वरुप श्रेष्ठ, उपाध्यक्षमा रामहरि केसी, सचिवमा सित्तलकाजी श्रेष्ठ, कोषाध्यक्षमा संगमबाबु श्रेष्ठ, सह–सचिवमा काजिराम श्रेष्ठ, क्लव एड्मिन चियरमा पुष्कल अर्याल, पब्लिक इमेज चियरमा प्रेमध्वज थापा, सर्भिस प्रोजेक्ट चियरमा पार्वती पाठक, टिआरएफ चियरमा कृष्ण प्र. ढकाल, मेम्बरसिप चियरमा किशोरजंग थापा, सर्जेन्ट एड आर्मस्मा विशाल राना मगर, क्लव टे«नरमा पवनरमण खनाल, आरसिसी चियरमा शदरबाबु कट्टेल, लिट्रेसी कमिटी चियरमा नकुल थापा, रोट्र¥याक एडभाइजरमा कुशललाल श्रेष्ठ, इन्ट्रयाक्ट एडभाइजरमा शोभा दवाडी र क्लव एडभाइजरमा सितलकाजी मास्केले सपथ ग्रहण गरेको उनले बताए ।

वर्ष २०२३।०२४ का बोर्डका पदाधिकारीहरुलाई एजी इनकुमार मल्लले पद तथा गोपनियताको सपथ गराएका थिए ।
कार्यक्रममा रोटरीका पिडिजिएआरसी सञ्जय गिरीको प्रमुख आतिथ्यतामा तथा गोरखा न.पा. नगर प्रमुख कृष्णबहादुर राना मगर र सहिद लखन गाउँ पालिकाको अध्यक्ष रमेश थापा मगर, आइपिडीजि जितेन्द्रबहादुर राजभण्डारी, चार्टर प्रिसिडेन्ट शित्तल काजि मास्के, रोट्रयाक्ट क्लव अफ गोरखाका अध्यक्ष रोट्रयाक्टर सुस्मिता लौडारीले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्