
प्रेस चौतारी नेपाल गोरखाको अध्यक्षमा सुजन न्यौपाने चयन
प्रेस चौतारी गोरखा शाखाको अध्यक्षमा सुजन न्यौपाने चयन भएका छन् ।
शनिबार सदरमुकाममा सम्पन्न भएको शाखाको ५ औँ अधिवेशनले न्यौपानेलाई अध्यक्षतामा चयन गरिएको हो । अधिवेशनले न्यौपानेको अध्यक्षतामा ६ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सुरेन्द्र थापा, महिला उपाध्यक्षमा स्वस्तिका बानियाँ, सचिवमा रविकिरण रेग्मी र कोषाध्यक्षमा अनिस घले चयन भएका छन् । सदस्यहरुमा नजिरा मियाँ र दिपेश घले चयन भएको प्रेस चौतारी नेपाल गोरखा शाखाले जनाएको छ ।




