| बुधबार, कार्तिक २५, २०८३

पत्रकार महासंघ गोरखाको भवन निर्माणका लागि कलश आयल स्टोर्सद्वारा एकलाख सहयोग

नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवन निर्माणार्थ कलश आयल स्टोर्स गोरखाले आर्थिक सहयोग गरेको छ ।

स्टोर्सका संचालक शित्तलकाजी मास्केले बिहिवार पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टालाई एक लाख रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

निर्माणाधिन भवन सम्पन्न गर्न सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग गरिएको मास्केले बताए । गोरखा नगरपालिका–८ आलेगाउँमा महासंघको भवन निर्माण भइरहेको छ । गण्डकी प्रदेश सरकार, जिल्लाका स्थानीय तह र बिभिन्न व्यक्ति तथा संघसंस्थाको आर्थिक सहयोगमा भवन निर्माण कार्य अघि बढाइएको हो ।

संरचना तयार भएपनि फिनिसिङको काम बाँकी रहेको सचिव मरहट्टाले बताए । ‘केही रकम अझै अपुग छ,’, उनले भने, ‘बिभिन्न संघसंस्थाहरुसँग समन्वय गरिरहेका छौ ।’ व्यक्तिगत रुपमा सहयोग गर्न इच्छुक भएमा सहयोग गरिदिन समेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्