| बुधबार, कार्तिक २५, २०८३

दलित समुदायमाथि भइरहेको अत्याचार विरुद्ध शान्ति समाजको प्रदर्शन

दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचार विरुद्ध मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ । बिभिन्न जिल्लामा दलितमाथि अत्याचारका भएका घटना सार्वजनिक भएको भन्दै उनीहरुले आइतवार गोरखा सदरमुकामको हरमटारीमा बिरोध प्रदर्शन गरेका हुन् ।

केही दिनअघि जुम्लामा दलित युवाले गैर दलितसँग विवाह गरेको भन्दै दलित समुदायको घरमा आगो लगाइएको थियो भने दाङमा दलित भएकै कारण डेराबाट निकाल्ने काम भएको थियो ।

समाजले उक्त घटनामा संलग्न दोषीलाई कडा कारवाहीको माग समेत गरेको छ । यस प्रकारका मानवता विरुद्धका गतिविधि आगामी दिनमा दोहोरिन नदिन विरोध प्रदर्शन गरिएको समाजका जिल्ला सभापति गोमा दवाडीले बताइन् ।

कार्यक्रममा समाजका केन्द्रिय सचिव सिताराम तिवारी, पूर्व केन्द्रिय कोषाध्यक्ष स्थानेश्वर दवाडी, शाखा उपसभापति शरद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

उनीहरुले जातीय विभेदका घटनाका दोषीलाई कारवाही गर, दलित समुदायमाथि भइरहेको उत्पीडन बन्द गर, दण्डहीनता अन्त्य गर लगायका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्