
एसईई नतिजा : गोरखामा ‘सि प्लस’ ग्रेड ल्याउने बिद्यार्थीको संख्या धेरै
माध्यमिक शिक्षा परीक्षा एसईईको नजिता बिहिवार सार्वजनिक भएको छ । परीक्षामा सहभागी गोरखाका अधिकांश बिद्यार्थीले ‘सी प्लस’ ग्रेड प्राप्त गरेका छन् ।
एक हजार १ सय ७९ जनाले ‘सी प्लस’ ग्रेड ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका प्रमुख सुवास आचार्यले बताए । उनका अनुसार यसबर्षको एसईई परीक्षामा जिल्लाका कुल ८ हजार ८ सय ३० जना परीक्षार्थी सहभागी थिए ।
परीक्षामा ४३ जनाले ‘ए प्लस’ ग्रेड प्राप्त गरेका छन् । ‘ए’ ग्रेड ल्याउनेको संख्या १ सय ९७ छन् । त्यस्तै ५ सय १८ जनाले ‘बी प्लस’ र ९ सय ७५ जनाले ‘बी’ ग्रेड ल्याएको कार्यालयले जनाएको छ ।
७ सय २९ जनाले ‘सी’, १ सय ६१ जनाले ‘डी प्लस’ र ९ जनाले ‘डी’ ग्रेड प्राप्त गरेका छन् । ‘डी’ ग्रेड प्राप्त गर्ने बिद्यार्थीले कक्षा ११ मा भर्ना हुनका लागि स्तरवृद्धि परीक्षा दिनुपर्ने कार्यालय प्रमुख आचार्यले बताए ।




