
लाप्राक किन आरोही गाउँ ?

भौगोलिक परिचय :
गोरखा सदरमुकाम पोखरीथोक बजारदेखि ७० किलोमिटरको दुरीमा पर्ने तल्लो मनास्लु क्षेत्र, विश्वकै लो अल्टीच्यूडमा रहेको प्रसिद्ध रुपीनाला ग्ल्यासियर, गणेश हिमाल, सिङ्ला पास, मनास्लु, चुमभ्याली, निस्याराङ च्छो, पूर्वमा बूढीगण्डकी, पश्चिममा दरौदी नदी बगिराखेको यो क्षेत्रको अर्को पहिचान १८ सय खोलाको ब्राण्डले परिचित, करिब ४० वटा हिम चुचुरोहरुको अवलोकन गर्न पाउने गाउँको नाम हो, लाप्राक । यहाँ अधिकांश गुरुङ सामुदायको बाहुल्यता तथा नगन्य रुपमा दलित समुदायको बसोबास रहेको छ ।


लाप्राकको अर्थ :
परापूर्वकालमा हाम्रा पूर्खाहरुले बस्न योग्य बस्ती खोज्दै आउँदा बाटोमा बास बसेको, त्यो बास बसेको ठाउँलाई बस्तीको रुपमा परिणत हुदै गयो । यहाँको स्थानीय गुरुङ भाषामा ‘लाम’ भनेको ‘बाटो’ र ‘प्र’ भनेको हिड्ने । लाम्प्रको अपभ्रंश गुरुङ भाषामा लाम्प्रा र नेपाली भाषामा अपभ्रंश भएर लाप्राक रहन गयो ।
बाटोको बस्ती भनेर पुष्टी गर्नलाई पहिलो कुरा, लाप्राकको पुरानो गाउँबाट पूर्वी उत्तरमा सिङ्ला उहिया जानेबाटो, दक्षिणमा गुम्दा, लप्सीबोट, लापु जानेबाटो, उत्तरमा रुपीनाला ग्ल्यासिएर जानेबाटो, रुप्चे ताल, हिउँचुली, बौद्ध हिमाल, पश्चिममा बारपाक, सौरपानी जाने चौबाटो (हालको छिमेकी गाविसहरु बारपाक सुलिकोट, आरुघाट र चुमनुब्री) सिमानामा पर्छ । दोस्रो कुरा हाम्रा जिजु मिमीहरुले बस्ती बसाएका अवशेषहरु आजसम्म खडा छन् ।
लाप्राककी युवाहरुको ट्रेकिङ क्षेत्रमा आवद्धता :
लाप्राकका युवाहरु जनशक्तिको प्रतिशतलाई हेर्दा सयमा ७५ प्रतिशत टे«किङ मजदुरमा आवद्ध देखिन्छ । गाउँको स्कुलमा चार पाँच कक्षासम्म पढ्ने अनि पढाई छोडेर ट्रेकिङ मजदुर गर्न जाने अनि सिजनमा मोटो रकम लिएर गाउँ आउने सबै युवाले यो सिको गरेको देखिन्छ । स्कुल ड्रप आउटको रेकर्डले यहि कुरा बताउँछ । लाप्राकबाट ट्रेकिङ क्षेत्रमा प्रवेश गर्ने पहिलो युवाको नाम इमान गुरुङ हो ।

को हुन् इमान गुरुङ ?
उत्तरी गोरखाका युवाहरुलाई ट्रेकिङ क्षेत्रमा भरियाको काम लगाउने, काम सिकाउनेदेखि पर्यटन मजदुरका हकहित, पर्यटन व्यवसायी, पर्यटन सम्बन्धी संघसंस्था स्थापना गर्ने आफुले पर्यटन क्षेत्रबाट कमाएको केहि प्रतिशत रकम गाउँको विकासमा योगदान गर्ने, पर्यटन मजदुरको अगुवाइको नाम लिनुपर्दा जनजिब्रोबाट इमान गुरुङको नाम अगाडि सारेको देखिन्छ ।
विना अक्सिजन २० घण्टामा सगरमाथाको चुचुरोमा पुग्ने अभियानमा जुटेका, फ्रेन्च नागरिक माक्पादा र नेपाली शेर्पाहरुको रेकर्डलाई ब्रेक गर्छु भनेर लागि पर्ने सगरमाथा आरोही इमान गुरुङको नेपाल सरकारको रोयल्टी असुल्ने लेन्दी प्रेसेसका कारण उहाँको सपना अधुरो रह्यो ।

सन २००० मा सगरमाथा आरोहण गर्ने हालको गण्डकी प्रदेशकै पहिलो व्यक्ति हुन् इमान गुरुङ । उनी गोरखा लाप्राकका हुन् ।
३० भन्दा बढी स–साना हिमचुचुराहरु विना अक्सिजन चढी सकेका पहिलो गोरखाली हिम मानव (हिम चितुवा) को पदवी दिँदा कुनै अन्याय नहोला । पछिल्लो समयमा आठ जना फ्रेन्च र सात जना नेपाली टोली लिएर मनाङको कङगारु हिमाल चढ्ने क्रममा हिम पहिरोमा परी सबैको निधन भयो । इमान गुरुङको स्मृतिमा धार्चे गाउँपालिका, नेपाल पर्यटन बोर्ड, सगरमाथा आरोही इमान गुरुङ स्मृति कोष र केही फ्रेन्च दाताहरुको सहयोगमा भुमेडाँडा लाप्राकमा आरोही पार्क र आरोही संग्रहालय स्थापना गरिएको छ ।

नेपाल पर्वतारोहण संघ(एनएमए)का मुख्य प्रशिक्षकको रुपमा लामो समय काम गरेका सगरमाथा आरोही स्व. इमान गुरुङ राजनीतिमा चासो नभएपनि गाउँ ठाउँको विकास गर्न र आफुले युरोप घुम्दा देखेको राजनीतिक धारको आधारमा नेपाली काँग्रेस मन पराएको भन्नुहुन्थ्यो ।
त्यसैले नेपाली काँग्रेसको क्रियाशील सदस्य बनी तत्कालीन अवस्थामा उत्तरी गोरखाको तीन नम्बर क्षेत्रको संसदीय निर्वाचनमा चुनावी कमाण्डरको रुपमा चिनकाजी श्रेष्ठलाई जिताउन हिड्दा काठमाडौमा उहाँको घर चोरीको पिडा समेत झेल्नुप¥यो ।

पछिल्लो समय उहाँको हिम पद चिन्हलाई पछ्याउदै २०८० को यो सिजनमा लाप्राकका ६ जना युवाहरुले सगरमाथा आरोहण गरेका छन् । सगरमाथा आरोहण गर्ने करिब एक दर्जन पुग्न लागिसकेका छन्, लाप्राकीहरुबाट नै । सिङला, लप्सीबोट, उहिया गरेर एक दर्जन नाघिसकेका छन् । हिममानवहरुको सम्मान गर्न आतुर देखिन्छन् धार्चेका सामाजिक संघसंस्थाहरु ।


के छन् लाप्राकमा टुरिजम प्रडक्सहरु ?
–गण्डकी प्रदेशकै सगरमाथा आरोहण गर्ने धेरै आरोहीहरुको बस्ती हो लाप्राक,
–एक दर्जन भन्दा बढीले आरोही सम्बन्धी एड्भान्स कोर्सको तालिम प्राप्त जनशक्तिहरु छन् लाप्राकमा ।
–नेपालकै प्रथम अन्तर्राष्ट्रिय माउन्टेनियरिङ गाइड सुनार बहादुर गुरुङको गाउँ हो, लाप्राक
–आरोही पार्क, आरोही सग्रहालय निर्माण भएको
–तमु क्हेवो, धार्चे सामुदायिक संग्रहालय
– गण्डकी प्रदेशकै पहिलो पटक पर्यटन र पर्वतारोहण विषयमा कक्षा १२ संचालनमा रहेको
–रक क्लाइमिङ स्पोर्ट
– धार्चे पाटन(सुम्पे खर्क)
–प्राकृतिकलाई इश्वर ठानेर पुजा गर्ने प्रकृति पुजक बोन धर्मको आधार भूमि
–दुर्लभ मानिएका लालीगुराँसको बगैचा
–विश्वकै अतुलनीय लेण्ड मार्क भिलेज एनआरएनए मोडेल भिजेल लाप्राक नयाँ बस्ती
– लाइभ म्युजियमको रुपमा पुरानो लाप्राक अवलोकन
–१७ किलोमिटर इपिसेन्टर एड्भेन्चर ट्रेल
– धार्चे डबली, इपिसेन्टर रेष्ट प्लेस
– कोसेली घर, सामुदायिक होमस्टे, रोधी घर, अर्गानिक फुड, जैविक विविधता भरिपूर्ण
–प्लाराग्लाइडिङ, धार्चे डाँडा हाइकिङ, रुपी नाला टे«किङ, मिनी स्की स्पोर्ट
–विविध चाडपर्व(मकै विवाह, चण्डि पुर्णिमा, घाटु नाँच, झाँक्री मेला लगायत)
–– लेडिज गाइड तथा स्थानीय पाथ फाइण्टरको तालिम प्राप्त जनशक्ति
– स्लो पाइलट उत्पादन
– नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ(एनएनएमजिए) नामक संस्था यहाँकै युवाहरुको सक्रियतामा संचालन भएको
– नेपाल पर्वतारोहण प्रशिक्षक संघ यहाँकै युवाको सक्रियतामा गठन भएको
–भूकम्पले सबै भन्दा प्रभावित तुल्याएको स्थान
–धामीझाँक्री शिक्षाको आधारभूमि र वन झाँक्रीको आधारस्थल
– इन्टरनेशनल माउन्टेन टुरिजम एलाइन्स (आइएमटिए) को मेम्बरसिप धार्चे गाउँपालिकाले पाएको
आगामी दिनमा गरिनुपर्ने पर्यटन पूर्वाधार तथा उत्पादन गरिनुपर्ने टुरिजम प्रडक्टहरु
–नमूना बस्ती लाप्राक गाउँको माथि अधुरो जिप लाइन प्रोजेक्टलाई सम्पन्न गरिनुपर्ने
–मेडिटेशन सेन्टर स्थापना गरिनुपर्ने
–हाई अल्टिच्युडको स्पोर्ट टेनिङ सेन्टर निर्माण गरिनुपर्ने
– बौद्ध हिमाल शुद्ध जल(मिनरल वाटर प्रोजेक्ट) लाई सम्पन्न गराई बजार आपूर्ति गरिनुपर्ने
– अल्लो, हेम्स, केराको रेशाबाट धागो उत्पादन गराई कपडा बुन्ने उद्योग संचालन गर्नुपर्ने
– बहुउद्देश्य सभाहल निर्माण गरिनुपर्ने
–आरोही म्युजियम र धार्चे सामुदायिक म्युजियममा स्थानीय रुपमा लोपोन्मुख सामग्रीहरुको व्यवस्थापन गर्नुपर्ने
– लाप्राक माथिको स्थानीय नादुर डाँडालाई शेष जमुना घले हिल नामाकरण गरी बोटानिकल गार्डेनको रुपमा प्रवद्र्धन गराउनुपर्ने
– रुपीनाला क्षेत्रमा कस्तुरी पालन गर्ने
– बाँदरले खेती गर्न नदिएको बुट्टान तथा जंगललाई मंकी गार्डेनको रुपमा विकास गर्ने
–नम्बै क्षेत्रको आलु जोनलाई थप व्यवस्थित गर्ने
–लाप्राक कहाँ छ, किन लाप्राक जाने ? भन्ने पर्यटकहरुको जिज्ञासालाई मेटाउन र पर्यटकहरुको सहजताका लागि एग्रो टुरिजम मोबाइल एप्स निर्माण गर्ने
– Incredible laprak guide book तयार तयार पार्र्ने
–आरोही सद्भावना दूत नियुक्ती गरी प्रवद्र्धनात्मक कार्यक्रम ल्याउने
–नेपाल पर्यटन बोर्डसँग सहकार्य गरी लाप्राकका पर्यटकीय उत्पादनहरुको टिकटक मार्फत प्रचार गर्ने, फोटो ग्यालरी र आर्ट ग्यालरी बनाउने
–प्रत्येक मे ९ लाई मनास्लु डे को रुपमा मनाउने उक्त दिनमा मनास्लु बेसक्यापदेखि लाप्राकसम्म अल्ट्रा म्याराथुन प्रतियोगिता संचालन तथा लाप्राक पर्यटन महोत्सव आयोजना गर्न बार्षिक क्यालेन्डर तयार पार्ने
– भानुभक्त आचार्य÷सगरमाथा आरोही इमान गुरुङको स्मृतिमा कविता महोत्सव तथा साहित्यक यात्रा संचालन गर्ने
–हनि हण्टिङलाई महोत्सवका रुपमा निरन्तरता दिने
– स्यामोनिज्म फेस्टीबल आयोजना गर्ने
–आलु मेलालाई फुड फेस्टिबलको रुपमा विकास निरन्तरता दिने
–बोनीज्म सम्प्रदायमा आधारित गुम्बा निर्माण गर्ने
–लोपोन्मुख जैविक विविधताको हारवेरियम
–सभा सम्मेलन पर्यटन, चलचित्र छायांकनको रुपमा विकास गर्ने
–अध्ययन अनुसन्धान शोधकर्ता विद्यार्थीहरुको उर्वरभूमिको वातावरण तयार गर्ने
–प्रकृति र संस्कृतिको खुल्ला संग्रहालय धार्चे भन्ने ब्राण्डलाई कार्यान्वयन गराउन धार्चेको शिरशोभा धार्चे डाँडामा धार्चेका पितृहरुको एक्जीविसन सहितको आउटडोर ग्यालरी निर्माण गर्ने
– वर्ष वर्षमा आरोहीहरुको पुर्नमिलन कार्यक्रम संचालन गर्ने
ट्राभल टिप्स
–लाप्राक नयाँ बस्ती २७ सय मिटर उत्तरपूर्वी फर्किएको मोहडा हुनाले विहान बेलुका चिसो नै हुन्छ । त्यसैले न्यानो कपडा बोक्दा राम्रो । हिड्न सजिलो जुत्ता, ट्राउजर, टिसर्ट र माकल टोपी, छाता र रेनकोट साथमा ल्याउनु पर्ने किन कि यो ठाउँ गोरखाको ‘चेरापुन्जी’ हो ।
– स्थानीयको कला संस्कृति बोलीचाली जीवनशैली लवज आदिको सम्मान गर्ने
– गोरखा बजारदेखि बारपाकसम्म मिनीबस त्यहाँबाट जीपमा एक घण्टा गुप्सीपाखासम्म
(लेखक पुर्व धार्चे गाउँपालिकाका अध्यक्ष हुन् ।)
यो पनि पढनुहोस्




