
अजिरकोट गाउँपालिकाका कृषकलाइ ४० थान हाते टयाक्टर वितरण
अजिरकोट गाउँपालिकाभित्रका कृषकहरुलाई ४० थान हाते ट्याक्टर वितरण गरिएको छ । गाउँपालिका र कृषकको ५०÷५० प्रतिशत लागत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको गाउँपालिका कृषि विकास अधिकृत समिर पोखरेलले बताए ।
गाउँपालिकाले १० लाख र कृषकको १० लाख गरी २० लाखमा ४० वटा हाते टयाक्टर खरिद गरिएको हो । गाउँपालिकाभित्रका कृषक तथा कृषक समूहलाई गत असार १७ र १८ गते हाते टयाक्टर वितरण गरिएको पोखरेलले जानकारी दिए ।
वडा नं १ मा तीन वटा, वडा नं २ मा ६ वटा र बाँकी वडा नं ३, ४ र ५ मा विरतण गरिएको बताइएको छ । पालिका भित्रका सबै टोललाई पुग्ने गरी हाते ट्याक्टर वितरण गरिएको पालिकाले जनाएको छ ।
अहिले लम्पी स्कीन रोगको कारण खेतबारीमा गोरु जोत्न सक्ने अवस्था नरहेको र धेरै खेत बाँझो अवस्थामा रहेको बताउदै कृषकहरुको माग अनुसार हाते टयाक्टर वितरण गरिएको पोखरेलले जानकारी दिए ।




