| बुधबार, कार्तिक २५, २०८३

साहित्यपोस्ट उत्तम काव्य पुरस्कार गजलकार प्रदीप रोदनको मफलरलाई

यसबर्षको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गोरखाका गजलकार प्रदीप रोदनले प्राप्त गरेका छन् । पहिलो काव्य लेख्नेलाई प्रोत्साहन गर्न प्रदान गर्ने सो पुरस्कार उनको गजलसंग्रह ‘मफलर’ले हात पार्न सफल भएको हो ।

त्यस्तै सोही कार्यक्रममा ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ले र ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ डा. अवनिभूषण उपाध्यायको आत्मवृत्तान्त ‘मुटुसँग सहयात्रा’ले प्राप्त गरेको छ ।

सोमबार राजधानी काठमाडौँमा आयोजित समारोहमा साहित्पोस्टका प्रधान सम्पादक अश्विनी कोईराला तथा पुरस्कारका संस्थापकहरु उत्तम भौकाजी र उत्तमप्रसाद पन्तले गजलकार रोदनसहित काफ्ले र उपाध्यायलाई ५० हजार नगदसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

साहित्यपोस्ट उत्तम काव्य पुरस्कारको अन्तिम सूचीमा प्रदीप रोदनको गजलसंग्रह ‘मफलर’, रोहिणी रसिको कवितासंग्र्रह ‘छन्द आराधना’ र मिमबहादुर परियारको कवितासंग्रह ‘कर्नाली हाँस्दो छ’ रहेका थिए ।

त्यस्तै उत्तम गैरआख्यान पुरस्कारको अन्तिम सूचीमा डा. अवनिभूषण उपाध्यायको आत्मवृत्तान्त ‘मुटुसँग सहयात्रा’, रामविन्दु श्रेष्ठको संस्करणात्मक कृति ‘मेरा सोभियत सम्झनाहरू’, र शिवराज भट्टराईको संस्मरणात्मक कृति ‘राँको बालेर यात्रामा’ रहेका थिए । त्यस्तै आख्यान पुरस्कारको अन्तिम सूचीमा हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’, बिक्रम भक्त जोशीको कथा संग्रह ‘चोभार ब्लुज’, दिला शाहको कथासङ्ग्रह ‘अँध्यारो बस्तीकी नायिका’ र हेका थिए ।

प्रतिक्रिया दिनुहोस्