| बुधबार, कार्तिक २५, २०८३

इन्सेक गोरखाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक(गोरखा)ले मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि संकलित घटनाहरुको अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ ।

कार्यक्रममा अग्रेजी महिना २०२३ को जनवरी देखि जुन २७ सम्म गोरखामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सार्वजनिक गरिएको थियो । कार्यक्रममा बाल अधिकार अन्तरगत वलत्कार, यौन दुब्र्यवहारका ६ वटा, महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव, दुब्र्यवहारका दुईवटा, आत्महत्या दुरुत्साहनको १ वटा, हत्याका दुईवटा, कुटपिट र दुब्र्यवहारका १÷१ तथा स्वास्थ्य संस्थामा हो हल्लाको १ गरि १४ वटा घटना प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा वोल्दै गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगरले इन्सेकले प्रस्तुत गरेको प्रतिवेदनले विगत ६ महिनाका मानवअधिकार उल्लंघनको अवस्थालाई आधार मानेर घटना न्यूनिकरणमा भूमिका खेल्नुपर्ने बताए ।
जिल्लामा आत्महत्याका घटना ठुलो समस्याको रुपमा देखिएकाले यसको न्यूनिकरणमा जोड दिनुपर्ने रानाको भनाइ छ । कार्यक्रमका सहभागीले मानव अधिकार वर्ष पुस्तक संकलन एउटा दस्तावेज भएको र यसलाई आधार मानेर छलफल र घटना न्यनिकरणमा सचेतना फैलाउनका लागि सघाउ पु¥याउने बताएका थिए ।

गाउँ गाउँमा कानुनी सचेतनाको आवश्यकता रहेको पनि उनीहरुले जानकारी गराएका छन् । मानव अधिकार सञ्जालका संयोजक यदु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख राना, नेपाल बार एशोसियसनका अध्यक्ष यादव शर्मा, मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय कोषाध्यक्ष तथा अधिवक्ता स्थानेश्वर दुवाडी, शान्ति समाजका केन्द्रीय सचिव सिताराम तिवारी, मानव अधिकार संगठनका अध्यक्ष दिलबहादुर बस्नेत, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्