| बुधबार, कार्तिक २५, २०८३

जन्मदिनको अवसरमा गरिब जेहेन्दर विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण

गोरखा सदरमुकाम घर भई अध्ययनको सिलसिलामा हाल अमेरिकामा बस्ने दिपिका जोशीले दलित तथा आर्थिक अबस्था ज्यादै कमजोर भएका विद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामग्री प्रदान गरेकी छिन् ।

आफ्नो जन्मदिनको अवसर पारेर बुधबार उनले गोरखा नगरपालिका वडा न. ६ ढाडगाउँमा रहेको पृथ्वीनारायण आधारभूत विद्यालय र पोखराथोकमा रहेको कृष्ण आधारभूत विद्यालयका बिद्यार्थीलाई ट्रयाक सुट सहित शैक्षिक सामग्री वितरण गरेकी हुन् ।

पृथ्वीनारायण आधारभूत विद्यालयका ३३ जना र कृष्ण आधारभुत विद्यालयमा अध्ययनरत आठ जना बालबालिकालाई दिपिकाका बुबा जोशी स्टेशनरी पसलका प्रोपाइटर रामबाबु जोशी र आमा उमा जोशीले सो सामग्री हस्तान्तरण गरेका हुन् । बालबालिकाहरुको शैक्षिक क्षेत्रमा सहयोग पुगोस भन्ने उद्देश्यले उक्त सामग्री वितरण गरिएको जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्