
प्रेस युनियन काठमाडौंको सचिव र सहसचिवमा गोरखाका अधिकारी र बगाले निर्वाचित
गोरखाको अजिरकोट गाउँपालिका–३ काफलडाँडा घर भएका पत्रकार सन्तोष अधिकारी नेपाल प्रेस युनियन काठमाडौंको सचिवमा निर्वाचित भएका छन्।
नेपाल प्रेस युनियन काठमाडौं आज सोमबार भएको नवौ जिल्ला अधिवेशनबाट ४५२ मतमध्ये अधिकारीले २८५ मत ल्याई सचिव पदमा निर्वाचत भएका हुन् । उनी हाल हिमाल प्रेस अनलाइनमा कार्यरत छन्।
उनी यसअघि लामो समय गोरखाको दरौंदी दैनिक पत्रिका र पोखरामा रहेर पत्रकारिता गरेका थिए।
त्यस्तै, सहसचिवमा पनि गोरखाकै पूजा बगाले निर्वाचित भएकी छन्।
युनियनको आज भएको अधिवेशनबाट अध्यक्षमा महेश्वर गौतम निर्वाचित भए।




