
गोरखा नगरपालिकाको विद्यमान विवाद टुङ्गियो
मेयरका स्वकिय सचिवको विषयमा गोरखा नगरपालिमा जारी विवाद समाधान भएको छ ।
शुक्रबार बसेको विवाद समाधान उच्चस्तरीय वैठकले दुई बुँदे सहमती गरी विवाद टुङ्गो लगाएको हो ।
शिक्षक छनौटका विषयमा मेयर कृष्ण रानाका स्वकिय सचिव अनिष अर्यालले शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्का माथि गरेको दुव्र्यवहार प्रति आत्माआलोचना गर्ने र नगरपालिकाका कुनै पनि कर्मचारीले कर्तव्य, अधिकार र सिमा नाघेर कुनै पनि काम नगर्ने, गरेमा प्रमुख प्रशासकीय अधिकृतले स्पष्टीकरण सोध्ने सहमती गरी विवाद टुङ्गिएको नगरपालिकाले जनाएको छ ।




