| बुधबार, कार्तिक २५, २०८३

नागरिकतामा उमेर सच्याउने बारपाकसुलिकोटका ९० बर्षीय पाण्डेलाई कारवाही

नागरिकता प्रमाणपत्रमा लेखिएको विवरण आफुखुशी सच्याउने बारपाक सुलिकोट गाउँपालिका–७ का छन्दप्रसाद पाण्डेलाई जिल्ला प्रशासन कार्यालयले कारवाही गरेको छ ।

९० बर्षीय उनलाई नागरिकता ऐन बमोजिम कारवाही गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

‘नागरिकता प्रमाणपत्रमा जन्ममिति १९९० उल्लेख भएको रहेछ तर उनले त्यसलाई केरमेट गरेर १९८३ बनाएछन्’, उनले भने, ‘हामीले दश हजार जरिवाना गरायौँ । जन्म मिति सच्याएर राज्यकोषबाट के कति सुरक्षा भत्ता रकम लिए सो रकम सम्बन्धित पालिकाबाट असुल उपर गर्न भनेका छौँ ।’

पालिकालाई पत्राचार गर्दै सो बमोजिम कारवाही गरी १५ दिनभित्र कार्यालयलाई जानकारी गराउन आग्रह समेत गरिएको प्रजिअ भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्