| आइतवार, अशोज १७, २०८३

माविस्तरीय हाजिरी जवाफ प्रतियोगितामा मोर्डन सेकेन्डरी स्कुल प्रथम

लियो क्लव अफ गोरखा तारानगरको आयोजनामा शुक्रबार सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा मोर्डन सेकेन्डरी बोर्डिङ स्कुल प्रथम भएको छ।

गोरखा नगरपालिका भित्रका सरकारी र निजी गरी २० वटा मावि विद्यालयको सहभागिता भएको हाजिरी जवाफ प्रतियोगितानमा मोर्डन बोर्डिङ स्कल प्रथम भएको हो ।

रत्न राज्य मा विरिन्चोकमा सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा दोस्रो जनज्योति मा बि र वोल्ड क्यापिटल सेकेन्डरि स्कुल तेस्रो भएको थियो । क्रमश प्रथम, द्धितीय, तृतीय हुनेलाई नगद ९ हजार ९९९, ६ हजार ६६६ र ३ हजार ३३३ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । सोहि कार्यक्रमकै अवसरमा रत्न राज्य माबिका २० जना छात्र छात्राहरुलाई शैक्षिक सामाग्रि पनि बितरण गरिएको छ ।

क्लवका अध्यक्ष लियो सुरज मालबुलको अध्यक्षता, गोरखा नगरपालिका गोरखाका नगर उप प्रमुख मसली माया थोकर प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ जे नेपालका अध्यक्ष लियो किरण थापा क्षेत्रि, लियो जिल्ला परिषद् ३२५ जे नेपालका क्षेत्रीय संयोजक लियो सबिन भट्टराई, लियो क्लव अफ गोरखा तारानगरका लियो एडभाइजर सुरेन लामिछाने, लायन्स क्लब अफ गोरका तारानगरका अध्यक्ष लायन यम बसेल, लियो क्लव अफ गोरखाका अध्यक्ष बालकृष्ण परियार ज्यु, रत्न राज्य मा बि का प्राचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, बिधालय व्साबस्थापन इमेज इन्सिटच्युट प्रा लि गोरखाकाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्