| बुधबार, कार्तिक २५, २०८३

अपाङ्गता भएकी कार्कीलाई घरमै पुगेर नागरिकता

गोरखाको पालुङटार नगरपालिका वडा न.२ की अपाङ्गता भएकी गोमा कार्कीलाई नागरिकता प्रदान गरिएको छ ।

कार्कीलाई प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल सहितको प्रशासनको टिमले शनिबार घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।
३० वर्षीय कार्की हिडडुल गर्न नसक्दा नागरिकताका लागि प्रशासन कार्यालयसम्म आउन सकेकी थिइनन् । सो कुराको जानकारी भएपश्चात घरमै पुगेर उनलाई नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

प्रजिअ भुसाल, सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर राना, प्रशासकीय अधिकृत चुणमणि तिवारी, पालुटार नगरपालिकाका मेयर विवस चिन्तन, वडा अध्यक्ष लगायतको उपस्थितिमा उनालई नागरिकता प्रदान गरिएको हो । नागरिकता पाएपछि कार्की खुसी भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्