| बुधबार, कार्तिक २५, २०८३

कक्युपा संप्रदायका प्रमुख लामा गुरु ठाङ्गु रिम्पोछेको निधन


नमोवुद्धस्थित वुद्ध ध्यान तथा शैक्षिक केन्द्रका प्रमुख तथा ठाङ्गु टासी छ्योलिङ गुम्बाका प्रमुख लामा गुरु योङ्जेन खेन्छेन ठाङ्गु रिम्पेछेको निधन भएको छ । कग्यु संप्रदायका मुल गुरु ठांगु रिम्पोछेको ९१ बर्षको उमेरमा निधन भएको सो गुम्बाले विज्ञप्ति जारी गरी औपचारिक पुष्टि गरेको हो ।


भोट पात्रो अनुसार चौथो महिनाको पूर्णिमाका दिन(गत आइतबार) उनको निधन भएपनि धार्मिक मान्यता अनुसार केही दिन खबर सार्वजनिक नगरिएको विज्ञप्तिमा भनिएको छ ।


लामा गुरु योङ्जेन खेन्छेन ठाङ्गु रिम्पेछेको पहलमा तिब्बत, नेपालको नमोवुद्ध, वौद्ध, क्यानडा, भक्तपुर, भारतको वाराणासी, नेपालको स्वयंभू, मनाङ लगायतका विभिन्न ठाउँमा ठांगु टासी छ्योलिङ गुम्बा निर्माण भएको छ । त्यस्तै गोरखाको चुम तथा नुब्री क्षेत्रका विभिन्न ठाउँमा पनि सोही नाममा गुम्बा तथा ध्यानकेन्द्र निर्माण भई सञ्चालनमा छन् ।


उनले काठमाडौंका विभिन्न ठाउँमा हिमाली भेगका बालबालिकालाई छात्रवृत्तिमा पढाउनका लागि विद्यालय सञ्चालन गरी हजारौँ विद्यार्थीहरुलाई पढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्