
गोरखामा सबैभन्दा धेरै जनसंख्या गुरुङको, कुन पालिकामा कुन जाति कति छन् ?
गोरखा जिल्लाको जनसंख्या दुईलाख ५१ हजार २७ जनसंख्या रहेकोमध्य सबैभन्दा धेरै जनसंख्या गुरुङ समुदायको छ । विशेषगरी धार्चे, बारपाक सुलीकोट गाउँपालिकामा अधिक र प्रत्येक गाउँपालिकामा बासोबास रहेको गुरुङको गोरखाको जनसंख्या ५२ हजार २२१ रहेको छ ।
दोस्रो धेरै जनसंख्या ब्राह्मण समुदायको छ । उनीहरुको संख्या ३० हजार ८५२ छ । त्यस्तै तेस्रो धेरै मगर समुदायको छ । मगर समुदायको संख्या २८ हजार ९५६ र क्षेत्रीको संख्या २७ हजार १९३ रहेको छ ।
गोरखामा पहिलो पटक तथ्यांक लिइएको नयाँ जातीय समुदाय चुम्बानुब्रीको जनसंख्या चारहजार ९५ गणना गरिएको छ । यो समुदायको बसोबास चुमनुब्री गाउँपालिकामा मात्र छ । त्यस्तै गोरखा नै उद्गम रहेको बराम समुदायको संख्या छ हजार २४४ रहेको छ । गोरखामा धेरै रहेको मानिएको चेपाङ समुदायको जनसंख्या गोरखामा चार हजार २६८ रहेको छ ।
त्यस्तै मिजार २० हजार २४३, नेवार १८ हजार २७२, विश्वकर्मा १४ हजार ८१५, तामाङ ९ हजार ५३९, मुसलमान तीनहजार २८८, परियार सात हजार ३८२, ठकुरी ८२७, शेर्पा ६१, माझी ४५२, सुनार ३१, सुनुवार २८०, वादी ४७, घले ६१५६, खवास १४०, दराई ८६७, भोटे २५, बोटे ५३, गाइने १६८, कमर १३६, सन्यासी १७३४ जना रहेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ ।
पालिकागत रुपमा हेर्दा गोरखाको चुमनुब्री गाउँपालिकाको जनसंख्या पाँच हजार ९३२ रहेको छ । जसमा चुम्बानुब्रीको जनसंख्या तीनहजार ४६५ रहेको छ । गुरुङ २२६९, क्षेत्री २३, तामाङ ३०, विश्वकर्मा २५, घले ९९ र अन्य २ जना रहेका छन् । कुल जनसंख्या १४ हजार २६३ रहेको धार्चे गाउँपालिकामा गुरुङ ११ हजार ८०८, घले एकहजार ७५१, विक ५९८, रहेको छ । यहाँ क्षेत्री २६, बाहुन २५, मगर १३, तामाङ ११ र अन्य ३१ जना रहेका छन् ।
गोरखा नगरपालिकाको कुल जनसंख्या ५२ हजार ४६८ रहेको छ । यहाँ क्षेत्री नौ हजार ९६९, बाहुन पाँच हजार ५१६, मगर सात हजार ९५९ जना रहेका छन् । त्यस्तै तामाङ १८३०, नेवार ३४४५, विक ३४३०, मुस्लमान १९१३ रहेका छन् । यहाँ गुरुङ ४६५२, परियार १५८८, मिजार ५४११, सन्यासी १५१, कुमाल २५१८, घर्ती ३८०, घले ४०४, खवास ३७ र दराइ ३०३, बराम २८७, गाइने ९९ र कमर ३४ जना रहेका छन् ।
पालुङटार नगरपालिकाको कुल जनसंख्या ३७ हजार ४०९ रहेका छन् । यहाँ क्षेत्री ५७७३, बाहुन ४४२३, मगर ३१४९, तामाङ ३२८३ जना रहेका छन् । त्यस्तै नेवार ३०६७, विक २३८८, मुसलमान २८९, गुरुङ २१४६, कुमाल समुदाय चारहजार एकसय उन्पचास, परियार १६३६, ठकुरी २९३, मिजार ४०२४, सन्यासी १३३७, घर्ती ५५९, माझी ७०, बराम १७९ र गाइने ५० जना रहेका छन् ।
कुल १९ हजार ७१९ जनसंख्या रहेको सिरानचोक गाउँपालिकामा क्षेत्री २२८६, बाहुन ३०७१, मगर ७१६, तामाङ ८५१, नेवार ६९४, विक १७१९ जना रहेका छन् । त्यस्तै मुसलमान २८१, गुरुङ ४७७७, परियार ९२१, ठकुरी ११०, मिजार २१०५, कुमाल ९२९, घर्ती २७६ र बराम ६३२ जना रहेका छन् ।
गोरखाको आरुघाट गाउँपालिकाको कुल जनसख्या २१ हजार ५७२ रहेको छ । जसमा यो गाउँपालिकाभित्र क्षेत्री २९०२, १८४४, मगर १८७४, तामाङ ६३४ जना रहेका छन् । नेवार ९६७, विक १६५०, मुसलमान १४७, गुरुङ ६९६४, परियार ४५६, मिजार १११४, घले ९४३ र बराम १७७१ जना रहेका छन् ।
बारपाक सुलिकोटको कुल जनसंख्या २२ हजार ६३६ रहेको छ । यहाँ क्षेत्री १४८३, बाहुन १७४३, मगर १०४१, तामाङ ६६२, नेवार ४७२ जना रहेका छन् । त्यस्तै विक १२३१, गुरुङ ९४२०, परियार ३६४, मिजार ११७२, घले २४४९ र बराम २३४६ जना रहेका छन् ।
कुल जनसंख्या १२ हजार ८३२ रहेको अजिरकोट गाउँपालिकामा क्षेत्रीको संख्या जम्मा ४१४, बाहुन २२९८, मगर २८३, तामाङ १८६३ जना रहेका छन् । त्यस्तै नेवार २३८, विक १०७८, गुरुङ ४६०३, परियार ३३२, मिजार ११४५, घर्ती १८५ र शेर्पा २७ जना रहेका छन् ।
कुल जनसंख्या २३ हजार ७६ जना रहेको सहिदलखन गाउँपालिकामा क्षेत्रीको जनसंख्या १३९१, बाहुन २४८१, र मगर ८६२१, नेवार ३६१४ जना रहेका छन् । त्यस्तै विक ८३१, गुरुङ २२१९, मिजार १८१०, घर्ती १०३ र चेपाङ ४७६ जना रहेका छन् ।
गण्डकी गाउँपालिकामा कुल जनसंख्या २१ हजार ३९४ रहेका छन् । यहाँ क्षेत्री १०६०, बाहुन ३३३९, मगर ४०४०, नेवार २६२६, विक १०२९, मुसलमान ११९ जना रहेका छन् । त्यस्तै गुरुङ २६२०, परियार ६३८, मिजार १३७९, माझी २६०, चेपाङ ३६२४ र बराम २७६ जना रहेका छन् ।
कुल जनसंख्या १६ हजार ९८६ रहेको भिमसेनथापा गाउँपालिकामा क्षेत्री १६७३, बाहुन ५९०९,मगर १०७१, नेवार २०६१, विक ७८९, मुसलमानको संख्या ४२८ रहेको छ । त्यस्तै गुरुङ २४४, परियार ५२३, मिजार २०३६, तामाङ २६८, कुमाल ७३४, दराई २८२, बराम ७१३ र गाइने १८ जना रहेका छन् ।




