| बुधबार, कार्तिक २५, २०८३

बिद्युतीय राहदानीको अनलाइन फाराम : नक्कली अभिलेख राख्दै बुक गर्दै !

बिद्युतीय राहदानीको अनलाइन फारम भरिदिने व्यक्ति वा संस्थाले नक्कली अभिलेख राख्दै फारम बुक गर्ने गरेको गुनासो बढेको छ ।

कतिपय फोटो स्टुडियो, कम्प्युटर इन्स्टिच्यूट, स्टेशनरी र फारम भर्ने व्यक्ति तथा संस्थाहरुले एकै व्यक्ति वा फरक–फरक व्यक्तिको नाममा नक्कली अभिलेख राखेर आवेदन फारम बुक गर्दा सर्वसाधारणहरुले लामो समयसम्म फारम भर्ने मौका नपाएको गुनासो आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सार्वजनिक सूचना जारी गर्दै प्रशासनले यस्तो क्रियाकलाप गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

सेवाग्राहीको चापलाई मध्यनजर गर्दै प्रशासनले राहदानीका लागि मिति र समय लिएका सेवाग्राहीलाई तोकिएकै समयमा सेवा लिन आग्रह गरेको छ । अन्यथा सेवा प्रवाह नहुने कार्यालयले जनाएको छ । कार्यालयले साताको प्रत्येक शुक्रवार दिउँसो २ बजेबाट निश्चित संख्यामा फारम खोल्ने व्यवस्था गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्