
नेपाली काँग्रेस गोरखा–चिवतन सम्पर्क समितिको सभापतिमा पाण्डे
नेपाली काँग्रेस गोरखा–चिवतन सम्पर्क समितिको सभापतिमा विनोद पाण्डे चयन भएका छन् ।
समितिको शनिबार भएको समितिको साधारणसभा तथा अधिवेशनबाट पाण्डेको सभापति रहेको नयाँ कार्यसमिति चयन भएको हो ।
उपसभापतिमा हेमनाथ सापकोटा, रमेश पुडासैनी, सचिवमा अमिरबाबु खनाल, रमेश बन्जरा चयन भएका छन् ।
सदस्यहरुमा हेमराज गुरुङ, नारायण दाहाल, रविन्द्र लामिछाने, सर्मिला लामिछाने, रबिलाल भट्ट, रमित ढकाल र सुनिता दुवाडी चयन भएका छन् ।




