
वृद्धवृद्धालाई स्याहार गर्न सिकाउन गोरखामा प्रशिक्षण कार्यक्रम सुरु
गोरखामा गण्डकी प्रदेशस्तरीय वृद्धा सम्बन्धी स्याहारकर्ताको प्रशिक्षण कार्यक्रम सुरु भएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको आयोजना, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग तथा ज्येष्ठ नागरिक प्रदेशसंघ गण्डकी प्रदेशको सहआयोजनामा गोरखा सदरमुकाममा बुधबारबाट वृद्धा अवस्थाको व्यवस्थापनका लागि वृद्धा सम्बन्धी स्याहारकर्ताको प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
तालिम १७ गतेबाट सुरु भई १९ गते सकिनेछ । गोरखा जिल्ला अदालतका न्यायधीश तेजप्रसाद शर्मा सापकोटाले तालिमको उद्घाटन गर्दै नेपालमा माटो अनुकुल शिक्षा नहुनु र राज्यको नीति गलत भएका कारण उर्जाशील हजारौँ युवा विदेश पलायन भएको बताए ।
अहिले गाउँ, सहरमा बालबालिका र जेष्ठ नागरिक मात्र रहेको र उनीहरुको संरक्षण गर्न राज्यले नीति नियम कानून सच्याइउनु पर्ने उनले बताए । हाम्रा सन्तानलाई जस्तो संस्कार दिने हो त्यही फल पाउने भएका कारण जेष्ठ नागरिकहरुले आफ्ना सन्ततिलाई राम्रो संस्कार सिकाउन समेत उनले आग्रह गरेका थिए ।
उनले अनुमान गलत हुन सक्ने तर अनुभव गलत नहुने बताउदै पुरानो पुस्ताको ज्ञान सिपहरुलाई नयाँ पुस्तामा हस्तारण गर्नुपर्नेमा जोड दिएका थिए ।
संघका केन्द्रीय सदस्य सूर्यप्रसाद श्रेष्ठले अहिले ग्रामीण क्षेत्र र सहरी क्षेत्र खाली हुदै गएको यसले जेष्ठ नागरिकहरुलाई समस्या थप्दै गएको बताए । उनले संघ, प्रदेश र स्थानीय तहमा जेष्ठ नागरिक पनि छ भनेर थाहा दिन कार्यक्रम आयोजना गरिएको बताए ।
जुनसकै भाषा, धर्म, लिङ्ग, धनी गरिब, अपाङ्गता भएका सबै वृद्धा हुने बताउदै उनीहरुको व्यवस्थापन र स्याहारसुसारमा ध्यान दिनका लागि कार्यक्रम आयोजना गरिएको उनले बताए । अहिले जेष्ठ नागरिकहरु अप्रत्यक्ष रुपमा घरभित्रबाट नै दुव्र्यवहार भोग्नु परेकाले त्यसको न्यूनीकरण गर्न र जेष्ठ नागरिक सम्बन्धी नीति नियमको कार्यन्वयनका लागि कार्यक्रम आयोजना गर्दै आएको उनले बताए । सरकारले जेष्ठ नागरिकलाई सवारी साधन लगायत क्षेत्रमा आरक्षणको व्यवस्थाप गरेपनि कार्यान्वयन नभएको उनको भनाइ छ ।
कार्यक्रममा जेष्ठ नागरिक संघ केन्द्रीय सदस्य तथा गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले जेष्ठ नागरिकको पक्षको हकहितका लागि काम गर्न र कानुन कार्यान्वयनका लागि खबरदारी गर्न यो संस्था स्थापना भएको बताए ।
कार्यक्रम जिल्ला समन्वय समितिका उपप्रमुख लिला परियारले गाउँघरमा युवाहरु सबै विदेशीयका कारण जेष्ठ नागरिकहरु अत्यन्तै दयनीय अवस्थामा रहेको बताए । जेष्ठ नागरिकहरुलाई लागि सामाजिक सुरक्षा भत्तासँगै उनीहरुको जीवनशैलीलाई सहज र सरल बनाउनका खानपान, स्वास्थ्य, पोषण लगायतका कुराका सम्बन्धमा परिवार र स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष शारदा चन्दले सरकार आपूmले बनाएको जेष्ठ नागरिक सम्बन्धी नीति नियममको कार्यान्वयन नगर्दा जेष्ठ नागरिकहरु समस्यामा परेको बताइन् । जेष्ठ नागरिक सम्बन्धी कानून निर्माण भएको १५ वर्षभन्दा बढि भइसक्दा समेत व्यवहारमा कार्यान्वयन नभएको उनको भनाइ छ ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालका अध्यक्ष छत्रबहादुर प्रधानले जेष्ठ नागरिक सम्बन्धी निर्माण गरिएको कानून व्यवहारमा काार्यन्वयनका लागि सरकारलाई पटक पटक ध्यानाकर्षण गराएता पनि कार्यान्वयन नभएको बताए । जेष्ठ नागरिकहरुले आफनो सम्बोधनका लागि अन्य पक्षहरुले जस्तो टायर बाल्ने, बन्द आह्वान गर्ने लगायतका गतिविधि नगरेका कारण सरकारले आफनो माग नसुने झै गरेको उनको भनाइ छ ।
कार्यक्रममा जेष्ठ नागरिक संघ गण्डकी प्रदेशका संयोजक गुमानसिं कार्कीले स्वागत मन्तव्य राखेका थिए भने संघका केन्द्रीय सदस्य सुर्यप्रसाद श्रेष्ठले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
केन्द्रीय अध्यक्ष छत्रबहादुर प्रधानको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख लीला परियार र जेष्ठ नागरिक जिल्ला संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले शुभ कामना मन्तब्य राखेका थिए ।
तालिममा मुस्ताङ र मनाङ बाहेक ९ जिल्लाबाट सहभागीहरुको सहभागीता रहेको पनि आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रम सुरु हुनु भन्दा अगाडि हरमटारी खेलकुद मैदानबाट धिमेबाजा सहित विभिन्न झाँकी र बाजागाजा सहितको ¥याली नगरको विभिन्न क्षेत्रको परिक्रमा गर्दै कार्यक्रम स्थल होटल विसौनीमा टुङ्गिएको थियो ।




